News & Updates

Blog

आँखु हाइड्रोमा करिब पाँच अर्ब लगानी गर्ने

हाइड्रो सोलुसनले प्रवद्र्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा विभिन्न सात वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैंकका प्रतिनिधिले संयुक्त रुपमा हस्ताक्षर गरे। सो आयोजनामा सनराइज बैंकको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, बैंक अफ काठमाडौँ, सेन्चुरी कमर्सियल बैंक, ज्योति विकास बैंक, लक्ष्मी बैंक, एनसिसी र प्रभू बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् । धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको सो आयोजनाको कुल लागत रु छ अर्ब ३० करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाले सो आयोजनामा रु चार अर्ब ७२ करोड लगानी गर्नेछन् । रु एक अर्ब २४ करोड प्रवद्र्धक हाइड्रो सोलुसनले लगानी गर्नेछ । स्थानीयबासीका लागि रु १६ करोड र रु २४ करोड बराबरको साधारण शेयर जारी हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् ३० किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको त्रिशुली थ्री ए वा त्रिशुली थ्री बीका लागि निर्माण गरिने सवस्टेशनमा जोडिनेछ । प्रसारण लाइन निर्माणसमेत आफै गर्ने तयारीका साथ आयोजना निर्माणमा जुटेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका ऊर्जा समितिका सभापतिसमेत रहनु भएका प्रधानले आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।

Blog

युनिक हाइडेलले २२ करोड रुपैयाँको सेयर जारी गर्ने

युनिक हाइडेलले २२ करोड रुपैयाँको सेयर जारी गर्ने ६ असार, काठमाडौं । युनिक हाइडेल कम्पनी लिमिटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनी यसको लागि अनुमती माग्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । कम्पनीको हाल ४.२ मेगावाटको बराम्ची खोला जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । सिन्धुपाल्चोकमा रहेको यो आयोजनाको यसअघिको उत्पादन क्षमता १ मेगावाट रहेको थियो । बिसं २०६७ मा यो आयोजनाको स्तरोन्नती गरिएको हो । २०७२ मा गएको भूकम्पले आयोजना प्रभावित भएको थियो भने त्यसपछिको पहिरोले पनि केही समय आयोजना बन्द हुन पुगेको थियो । गत बैशाख १७ गतेबाट भने आयोजनाले नियमित विद्युत् उत्पादन गरिरहेको छ । ज्ञानेन्द्रलाल प्रधानको लगानी रहेको हाइड्रो सोलुसन्स प्रालीको कम्पनीमा सेयर स्वामित्व रहेको छ । २०७४ असार ६ गते १७:०५ मा प्रकाशित

Blog

FNCCI Elections कोषाध्यक्षतर्फ ज्ञानेन्द्रलाल प्रधान

प्रधान निजी क्षेत्रबाट जलविद्युत उत्पादन गर्न पहल थाल्ने पायोनियर व्यक्ति हुनुहुन्छ । त्यही क्षेत्रमा दशकौंदेखिको सक्रियताका आधारमा उनी २६ देशका उद्यमीलाई पछि पार्दै सन् २०१४ को ‘एसिया अनेस्टी आन्ट्रप्रेनर अवार्ड’ बाट विभूषित हुनुहुन्छ । प्रधान निजी क्षेत्रबाट जलविद्युत उत्पादन गर्न पहल थाल्ने पायोनियर व्यक्ति हुनुहुन्छ । त्यही क्षेत्रमा दशकौंदेखिको सक्रियताका आधारमा उनी २६ देशका उद्यमीलाई पछि पार्दै सन् २०१४ को ‘एसिया अनेस्टी आन्ट्रप्रेनर अवार्ड’ बाट विभूषित हुनुहुन्छ ।