नेपाल हाइड्रोको आइपीओ गोलाप्रथाबाट बाँडफाँट, ३६ हजार २७० जनाले पाए १० कित्ता सेयर

ipo

काठमाडौं : नेपाल हाइड्रो डेभलपरको आइपीओ बाँडफाँट भएको छ । कुल ३६ हजार २७० जना आवेदकले गोलाप्रथाबाट १० कित्ता सेयर हात पर्न सफल भएका छन् । आवेदक धेरै भएका कारण नेपाल हाइड्रोको आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट भएको हो ।

धितोपत्र बोर्डको नयाँ नियम अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । आवेदक धेरै भएर सबैलाई १० कित्ता बाँडफाँट गर्न नपुग्ने अवस्थामा मात्र गोलाप्रथाबाट सेयर बाँडफाँट गर्न सकिने नियम छ ।

आइपीओमा १ लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ९०९ जनाको आवेदन रद्द भएको छ । कम्पनीले कुल ३ लाख ९० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६२ हजार ७०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

This website has been visited
times